Logo

दीपक खड्कालाई उर्जामन्त्री बनाउने देउवाको तयारी



काठमाडौं, २६ असार । नेपाली कांग्रेस एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्न लागेको सरकारको सत्तारोहणको तयारीमा छ । कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष मन्त्री बन्ने आकांक्षीहरुको भीड नै लाग्न थालेको चर्चा छ । सभापति देउवाले पार्टीभित्र सबैको प्रतिनिधित्व हुनेगरि शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।

देउवाले पूर्व महामन्त्री डा. शशांक कोइरालासँगपनि छलफल गरेको बुझिएको छ । कोइरालाको समूहबाट दीपक खड्का मन्त्री बन्ने लगभग निश्चित् भएको छ । खड्का यसअघि खानेपानी तथा सरसफाई राज्यमन्त्री भएका थिए । उनी लामो समयदेखि कोइरालाको कित्तामा उभिँदै आएका छन् ।

शशांकले आफ्नो समूहबाट दीपकलाई महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरेर पठाउने निधो गरिसकेका छन् । दीपक संखुवासभाबाट निर्वाचित सांसद हुन् । उनलाई उर्जा मन्त्रालयको नेतृत्वमा पठाउनेगरि तयारी गरिएको कांग्रेसनिकट उच्च स्रोतको दाबी छ ।

उर्जा मन्त्रालयमा कांग्रेसबाट प्रभावशाली नेताहरुको दाबी रहेको बुझिएको छ । तर, सभापति देउवालाई भेटेरै शशांकले उर्जा मन्त्रालयमा सांसद खड्कालाई पठाउन चाहेको सन्देश दिएका छन् । शशांकको प्रस्तावमा देउवापनि सकारात्मक रहेको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्