Logo

प्रचण्ड र रवि लामिछानेले स्टण्टमात्रै गरेको एमाले उपमहासचिवको ज्ञवालीको आरोप



काठमाडौं, २६ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्टण्ट गरेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरियो भनेर स्टण्ट गरेको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न कसैले पनि नरोकेको उनले बताए ।

प्रचण्ड विगत १९ महिनादेखि प्रधानमन्त्री रहेको र लामिछाने २ पटक गरी ६ महिनाभन्दा बढी गृहमन्त्री बनेको स्मरण गराउँदै उनले असफल भएर सरकारबाट बाहिरिन परेपछि बहाना खोजेको बताए ।



प्रतिक्रिया दिनुहोस्