Logo

मन्त्री डीपी अर्यालले आर्थिक अपचलन गरेको मुकुलको आरोप



काठमाडौं, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी निस्काशित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक अपचलन गरेको आरोप लगाएका छन् । आज (बुधबार) पत्रकार सम्मेलनमार्फत उनले पार्टीमा आर्थिक हिसाब–किताब मिलाउने जिम्मा उपसभापति अर्याललाई दिइएको बताउँदै उनले पारदर्शिता नअपनाएको बताएका हुन् । डीपी अर्यालले पार्टीलाई आएको चन्दासमेत आफ्नै खल्तीमा हालेको उनले बताए ।

‘आर्थिक हिसाब–किताब मिलाउने जिम्मा डीपी अर्याललाई दिइएको थियो । मैले पार्टी स्थापना गर्दा पार्टी चलाउन पैसा चाहिन्छ, के गर्ने हो भनेको थिएँ । मुकुल तिमी पैसाको चिन्ता नलेउ, तिमी दस्तावेजको कुरा हेर, राजनीतिक कुरा हेर, पैसाको कुरा डीपी अर्यालको जिम्मा भयो भन्नुभएको थियो । त्यसपछि मैले कहिले पनि पैसाको कुरा गरिनँ । त्यसपछि त्यहाँ जुन पारदर्शिता अपनाउनुपथ्र्यो, त्यो पारदर्शिता अपनाइएन ।’ उनले भने, ‘रास्वपा स्थापना भएको पहिलो दिन राष्ट्रिय सभा गृहमा तपाईँले हेर्नुभयो भने आर्थिक पारदर्शिता अपनाउने भनिएको छ । डीपी अर्याल सरले उद्धारता देखाउन सक्नुभएन । मैले बारम्बार आग्रह गरेँ–आर्थिक हिसाब–किताब क्लियर गर्दिनुपर्यो । उहाँले ऋण छ भन्नुहुन्थ्यो । डीपी अर्याल सरले के सम्म गर्नुभएको छ भने कोही साथीले दिएको पैसालाई पार्टीमा जम्मा नगरी त्यो पैसा आफ्नो खल्तीमा राख्ने काम गर्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्