Logo

नेपाल निर्माण व्यवसायी महासंघले भन्यो : सरकारले रकम भुक्तानी नगर्दा सप्लाई चेन नै अस्तव्यस्त भयो



काठमाडौं, २७ असार । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले पटक पटकको प्रतिबद्धताविपरित असार मसान्तमा समेत आफूहरुको अरबौं रकम भुक्तानी नगरिदिँदा सप्लाई चेन नै अस्तव्यस्त भएको गुनासो गरेको छ ।

आज (बिहीबार) महासंघले पत्रकार सम्मेलन गर्दै सरकारले भुक्तानी नदिँदा निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति रहेको जनाएको छ। बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायहिरु प्रताडित भएको र उनीहरुमा आश्रित उद्योग तथा परिवारमा समेत ठूलो मनोवैज्ञानिक दबाब परेको महासंघको भनाई छ ।

व्यवसायीहरुलाई समयमा भुक्तानी नदिने हो भने राज्यबाट ठेक्का लगाउने परिपाटी नै गलत भएको नजिर स्थापित हुन राज्यका लागि नै दुःखद् अवस्था भएको महासंघको ठहर छ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्