Logo

प्रचण्ड सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक सुरू, मुख्यसचिव नियुक्तीदेखि टिकटकको प्रतिबन्ध हटाउनेसम्म निर्णय हुँदै



काठमाडौं, २७ असार । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको आज अन्तिम मन्त्रिपरिषद् बैठक हो । एमाले र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

सरकारलाई दीर्घकालिन असर पर्ने निर्णय नलिनको लागि एमालेले पत्राचार नै गरेर आग्रह गरेको छ । प्रधानमन्त्री दाहालले जाँदाजाँदै केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।

आजको मन्त्रिपरिषद्ले मुख्यसचिव नियुक्त गर्ने सम्भावना रहेको एक मन्त्रीले जनाए । यस्तै, नेपाल टेलिकममा प्रवन्ध निर्देशक पनि आजै नियुक्त गर्ने बुझिएको छ । सरकारले यसअघि टिकटकमाथि लगाएको प्रतिबन्धपनि हटाउने तयारी गरेको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्