Logo

दुई ठूला दल मिल्दा एकतन्त्रीय शासन लागू हुने डर हुन्छः शशांक कोइराला



काठमाडौं, २७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले दुई ठूला दल मिल्दा मुलुकमा एकतन्त्रीय शासन लागू हुनसक्ने आशंका व्यक्त गरेका छन् । आज (बिहीबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सन्तुलन मिल्नका लागि प्रतिपक्ष पनि बलियो चाहिने बताए ।

‘दुईटा ठूलो पार्टी मिलेपछि एकतन्त्रीय शासन लागू हुने डर हुन्छ । सन्तुलन मिलाउनुपर्छ । प्रतिपक्ष पनि त्यतिकै बलियो हुनुपर्छ भन्ने मेरो धारणा हो,’– उनले भने ।

नेता कोइरालाले अहिले संविधानलाई अक्षरस पालना गर्ने र केही त्रुटिहरु सच्याउँदै अगाडि बढ्नुपर्ने बताए । उनले हिन्दु राष्ट्रपति आफ्नो रूचि रहेको सुनाउने उनले केन्द्रीय समिति र महासमिति बैठक कुरा उठाएको उनले सुनाए । ‘हिन्द राष्ट्रप्रति मेरो रूचिमात्रै होईन, केन्द्रीय समितिमा पनि कुरा उठाएको छु । महासमितिमा पनि भनेको छु । अहिले आएर स्थिरताको सरकार हामीले खोजिरहेका छौं,’– उनले भने । File Photo /RN



प्रतिक्रिया दिनुहोस्