Logo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप



काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।

यसअघि रास्वपाका चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए। तर प्रधानमन्त्रीले विशवासको मत लिने बताएपछि उनीहरू रोकिएका थिए ।

असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो। उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो ।

दुई ठूला दलबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएपछि सरकारमा रहेका एमाले, जनता समाजवादी पार्टीका मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्। Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्