Logo

कांग्रेस र एमालेमाथि गर्जिए प्रधानमन्त्री प्रचण्ड : तपाईहरुलाई डर र भयले जोड्यो



काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि आफूले विश्वासको मत लिने निर्णय लिएको र विश्वासको मत लिन लागेपछि कांग्रेस र एमालेका नेताहरु डराएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्नको लागि प्रस्ताव राख्ने क्रममा उनले यस्तो बताएका हु्न । उनले भने,‘मैले त तदर्थ सरकारको नेतृत्व गरेर एक दिनपनि बस्दिनँ भनेको थिएँ, तयारी गर्नुपर्ने भएकोले १० दिनभित्रै विश्वासको मत लिने कुरा सदनलाई जानकारी गराएको थिएँ । मैले विश्वासको मत मागिरहँदा केही साथीहरु डराउनुभयो र राजीनामा माग्नुभयो । साथीहरुको आपसी विश्वास कमजोर भएर हो कि वा षड्यन्त्र सधैं आँफै कमजोर भएर हो ? तर्सिरहनुभयो ।’

उनले कांग्रेस र एमालेलाई कुनै आदर्श वा उद्देश्यले नजोडेको बरु भय र डरले जोडेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्