Logo

गृहमन्त्री रवि लामिछानेको प्रश्न : मध्यरातमा कुनै एक व्यापारीको घरमा गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने ?



काठमाडौं, २८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेस र एमालेले व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमति भनिएकोमा आपत्ति जनाएका छन् । उनले संविधान जोगाउने नाममा कांग्रेस र एमालेले कसलाई जोगाउन खोजिएको हो भन्ने कुरा विस्तारै खुलासा हुने टिप्पणी गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूमाथि विश्वासको मतको लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सहमति राति गर्ने कुरा नभएको भन्दै राष्ट्रिय सहमतिको नामले राष्ट्रियता शब्दको पनि मानमर्दन भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्