Logo

केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउबाहेक अर्को कारणले यो सरकार ढलेको होईन : गृहमन्त्री लामिछाने



काठमाडौं, २८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले केही नियुक्ति, बेचन झा र प्रतिक थापा पक्राउ परेकै कारण वर्तमान सरकार ढलेको दाबी गरेका छन् । जनतालाई पनि यही कारणले सरकार ढलेको मात्रै थाहा पाएको उनको दाबी छ ।

उनले कांग्रेस र एमालेले व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमति भनिएकोमा आपत्ति जनाएका छन् । उनले संविधान जोगाउने नाममा कांग्रेस र एमालेले कसलाई जोगाउन खोजिएको हो भन्ने कुरा विस्तारै खुलासा हुने टिप्पणी गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूमाथि विश्वासको मतको लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सहमति राति गर्ने कुरा नभएको भन्दै राष्ट्रिय सहमतिको नामले राष्ट्रियता शब्दको पनि मानमर्दन भएको दाबी गरे । उनले कांग्रेस र एमाले एकाएक र रातारात मिल्नुको कारण अनुसन्धानको सुई कसैको घरमा ढक्ढकाउन पुग्यो त्यतिखेर संविधानको याद नआएको प्रश्नभन्दै आलोचना गरे ।



प्रतिक्रिया दिनुहोस्