Logo

देउवलाई मेटमणिले सम्झाए : बुढानिलकण्ठमा बसेर ‘छल गर्यो मायाले’ भनेर गीत गाउने अवस्था आउला है



काठमाडौं, २८ असार । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अब बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै हालतमा संसद् विघटन गर्ने दाबी गरेका छन् । ओलीले संसद् विघटन गर्ने कुराको साक्षी नबस्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।

आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतमाथिको छलफलमा भाग लिने क्रममा सांसद चौधरीले ओलीले एक सय प्रतिशत संसद् विघटन गर्ने भनेर दाबी गरेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई आजको प्रधानमन्त्री प्रचण्डको जस्तै हालत अबको चार महिनामा हुनसक्नेतर्फ संकेत गरे ।

उनले त्यतिवेला बुढानिलकण्ठस्थित् निवासमा बसेर ‘छल गर्यो मायाले’ भनेर गीत गाउनुपर्ने अवस्था आउने भन्दै देउवालाई सम्झाए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि संविधानको धारा ७६ को २ प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ को ३ मा जाने भनेर बोलेको कुरा स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्