Logo

प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै प्रचण्ड शितलनिवासमा, राष्ट्रपतिसँग भेटवार्ता हुँदै



काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमक्तु भएलगत्तै शितलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नका लागि प्रचण्ड संसद् भवनबाट सिधै शितलनिवास पुगेका हुन् ।

संसद्मा आज विश्वासको मत लिन नसकेपछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका हुन् । उनको पक्षमा जम्मा ६३ मत खस्यो । उनको प्रस्तावको विपक्षमा भने १९४ मत खसेको छ । नेमकिपाका प्रेम सुवाल भने तटस्थ बसे ।



प्रतिक्रिया दिनुहोस्