Logo

आफू नेतृत्वको सरकार सफल पार्न भूमिका खेल्ने सबैलाई निवर्तमान प्रधानमन्त्री दाहालको धन्यवाद



काठमाडौं, ३१ असार । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १८ महिनाको तेस्रो प्रधानमन्त्री कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले तेस्रोपटक प्रधानमन्त्रीका रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित भएको उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो। मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु।



प्रतिक्रिया दिनुहोस्