Logo

रवि लामिछानेलाई मुकुल ढकालले भने –म अर्को शालिकराम पुडासैनी बन्दिनँ



काठमाडौं, ३१ असार । रास्वपाको महत्वपूर्ण पदबाट निलम्बित भएर साधारण सदस्यमात्रै कायम रहेका मुकुल ढकाल यतिवेला रास्वपा नेतृत्वमाथि जाइलागेका छन् । कुनै रास्वपाका संस्थापकमध्ये एक भनेर चिनिएका ढकाल सभापति रवि लामिछानेको विश्वासपात्र थिए । तर, पछिल्लो समय यी दुई नेताबीच सम्बन्ध चिसिएको छ ।

उनले रास्वपाका नेतृत्वमाथि गम्भीर आरोप लगाउन थालेका छन् । राष्ट्रियता र स्वाधिनताको विषयमा समेत जोडेर उनले रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेमाथि गम्भीर आरोप लगाएपछि उनी झनै विवादमा तानिएका छन् । धेरैले मुकुलले लगाएको आरोप मिथ्या भनेर आलोचना गरेका छन् ।

उनले आज (सोमबार) रवि लामिछानेको नाम उल्लेख गर्दै आफ्ना भक्तहरु प्रयोग गरेर आफ्नो व्यक्तिगत जीवन र परिवारलाई समेत अनेकन आक्षेप लगाउन थालेको भन्ने गम्भीर आरोप लगाएका छन् । उनले सकेको गर्न भन्दै आफू अर्को शालिकराम पुडासैनी नबन्ने पनि बताएका छन् । उनले फेशबुकमा लेखेका छन्-

रवि लामिछानेज्यू , आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । तपाईं आफ्नो स्थर देखाउँदै हुनुहुन्छ । तपाईं जति सक्नु हुन्छ , गर्नुहोस्, मेरो शुभकामना छ । चिन्ता लिनु पर्दैन , मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन । file photo



प्रतिक्रिया दिनुहोस्