Logo

दुई तिहाईंका शक्तिशाली प्रधानमन्त्री ओलीका क्याबिनेट सारथी: इतिहास रच्ने शरतसिंहदेखि देउवापत्नी आरजुसम्म



काठमाडौं,३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएलगत्तै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

नवगठित मन्त्रिपरिषद्मा कांग्रेसले १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्रीको नाम पठाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूले आजै शपथ लिएका छन् ।

यस्ता छन् ओली क्याबिनेटका सारथी

कांग्रेसबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्री, एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थ, एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि, कांग्रेसका रमेश लेखक गृहमन्त्री बनेका छन् ।

यस्तै लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षाामन्त्री, कांग्रेसकी आरजु राणाा देउवा परराष्ट्र, जनता समाजवादीका प्रदीप यादव खानेपानी, एमालेका बलराम अधिकारी भूमि व्यवस्था, एमालेकै दामोदर भण्डारी उद्योग, जनता समाजवादीका नवलकिशोर साह महिला, कांग्रेसका तेजुलाल चौधरी युवा, कांग्रेसका अजय चौरसिया कानुन, एमालेकी विद्या भट्टराईले शिक्षा मन्त्रीमा शपथ लिएका छन् ।

यस्तै एमालेका मानवीर राई रक्षा, कांग्रेसका दीपक खड्का ऊर्जा, एमालेका राजकुमार गुप्ता संघीय मामिला, कांग्रेसका ऐनबहादुर शाही वन तथा वातारवरण मन्त्री बन्दा कांग्रेसकै तर्फबाट प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री बनेका छन् ।

२२ सदीयीय मन्त्रिपरिषद्मा ओलीका सारथी बनेका शरतसिंह भण्डारी २०औं पटक मन्त्री बनेका छ्न । पञ्चायतदेखि गणतन्त्रसम्म दल फेर्दै मन्त्री खाँदै गरेको आरोप लाग्दै आएका भण्डारीले आज २०औं पटक मन्त्रीको कार्यभार सम्हालेका हुन् ।

त्यस्तै कांग्रेसबाट पपराष्ट्रमन्त्री बनेकी आरजु राणा पहिलो पटक मन्त्री बनेकी हुन् । उनी कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत हुन् । कांग्रेस र एमालेबीचको सत्ता सहकार्यको किङमेकरको भूमिका खेलेकी आरजु नेपालबाट परराष्ट्रमन्त्री हुने चौथो महिला बनेकी छन् । यसअघि नेपालबाट साहना प्रधान, सुजता कोइराला र डा विमला राई पौड्यालले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीलाई २ तिहाई सांसद्को समर्थन रहेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि कम्तीमा १८४ सांसदको समर्थन आवश्यक हुन्छ । अहिलेको गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेसका ८८, नेकपा एमालेका ७९, जसपाका ७, लोसपाका ४ सांसद छन् । यसैगरी जनमत पार्टीको ६ सांसद छन् । यी सबै दलको सांसद योग १८४ हुन्छ । यद्यपि सभामुख मत विभाजन प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।



प्रतिक्रिया दिनुहोस्