Logo

वरुण चौधरीको अदृश्य शक्ति



काठमाडौं । भारतीय डलर अर्बपति मुकेश अम्बानीको कान्छा छोरा अनन्तको विवाहले विश्वको ध्यान खिचेको छ । अनन्तको विवाहमा बलिउडदेखि हलिउडसम्मका स्टार सेलिब्रेटीको उपस्थिति थियो । यही १२ जुलाईमा मुम्बईमा भव्य रुपमा सम्पन्न उक्त विवाह समारोहमा नेपालबाट प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपबाट वरुण चौधरी सहभागी थिए । विवाहित जोडीलाई वरुण दम्पत्तिले विवाह समारोहमा सरिक भएर शुभ आर्शिवाद दिएको हो ।

तीन दिन लामो चलेको उक्त विवाहको दोस्रो दिन यही जुलाई १३ गते शुभ आशीर्वाद कार्यक्रमको आयोजना गरिएको थियो, जसमा सबै पाहुनाले नवविवाहित जोडीलाई आशीर्वाद दिएका थिए । लगत्तै जुलाई १४ मा रिसेप्शनको आयोजना गरिएको थियो । विवाह, शुभ आर्शिवाद र रिसेप्शन तीन वटै महत्वपूर्ण इभेन्टमा वरुण दम्पत्तिको सहभागिता थियो । मुकेश अम्बानीको निमन्त्रणा मान्नको लागि वरुण मुम्बई पुगेका थिए ।

वरुण अम्बानी परिवारको विवाह समारोहमा सरिक हुने नेपालका एकमात्र अतिथि हुन् । जसमा विश्वभरका भीभीआईपी अतिथिहरू सहभागी थिए । अम्बानी परिवारसँग वरुणको सुमधुर सम्बन्ध रहेको कुरा उनी अनन्तको विवाह समारोहमा सरिक भएकोले नै दर्शाउँछ । मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजित म्यारिज सेरोमोनीमा वरुण दम्पत्तिको व्यक्तित्वपनि आकाशिएको थियो ।

वरुणको बलिउडका प्रायः सबै स्टार कलाकारसँग सुमधुर सम्बन्ध छ । सलमान खान, आयुष्मान खुराना, गोविन्दादेखि सोनाक्षी सिन्हासम्म उनको सुमधुर सम्बन्ध छ । प्रायः बलिउड स्टारहरुको विशेष कार्यक्रममा उनको प्रत्यक्ष सहभागिता हुँदै आएको छ। वरुण चौधरी ग्रुपका कान्छो सदस्य हुन् । तर, चौधरी ग्रुपको अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा भने यीनको सबैभन्दा ठूलो भूमिका छ । वरुण भारत सरकारका अधिकांश केन्द्र सरकारका मन्त्रीहरुसँग पनि राम्रो सम्बन्ध राख्ने युवा व्यवसायीका रुपमा परिचित छन् ।

चौधरी ग्रुपको १५० वर्षको लिगेसीलाई वरुणले राम्रो उचाईं भरेका छन् । उनकै नेतृत्वदायी भूमिकाको कारण आज चौधरी ग्रुपको व्यवासायिक साम्राज्य विश्वका २४ भन्दा बढि देशमा फैलिएको छ । अध्ययनपश्चात् व्यवसायमा जोडिएका वरुणको पछिल्लो १५ वर्षको सक्रिय भूमिका र भीजनले आज विश्वमाँझ चौधरी ग्रुपको ख्याँति झनै बढेको छ ।

युवा पुस्ताको रोलमोडल वरुण देखावटी जीवन रुचाउँदैनन् । उनी विश्वप्रतिष्ठित कलाकार, राजनीतिज्ञदेखि उद्यमीसँग राम्रो सम्बन्ध कायम गर्ने युवा व्यवसायीको रुपमा चिनिन्छन् । वरुणको भारतको अर्को व्यवसायिक घराना अडानी ग्रुपका प्रमुख गौतम अडानीसँगपनि सुमधुर सम्बन्ध छ । उनी अडानीको निम्तो मान्न बेलाबखत भारत आउजाउ गर्छन् । बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरसँग त यिनको घनिष्ठ सम्बन्ध छ ।

उनकै नवीन विचारको कारण आज चौधरी ग्रुपको उत्पादन वाई वाई विश्वका ५० देशमा पहिलो रोजाईको नुडल्स बनेको छ । आफूले व्यक्तिगत जीवनमा हाँसिल गरेका उपलब्धि समाजको देन भएकोले व्यवसायिक जीवनमा हाँसिल गर्ने सबैखाले सफलता समाजलाई नै फिर्ता गर्नेगरि उनी परोपकारी काममा समेत सक्रिय छन् । उनको समाजसेवापनि युवा पुस्ताको लागि उदाहरण बनेको छ । सञ्जालमा उनलाई पछ्याउनेहरुको विश्वभरि नै ठूलो जमात छ । अत्यन्तै सरल र मिलनसार स्वभावका वरुण पारिवारिक सफलता र व्यवसायिक विरासत हाँक्नसक्ने सक्षम व्यवसायी हुन् ।



प्रतिक्रिया दिनुहोस्