Logo

विप्लवको टिप्पणीः ओली प्रधानमन्त्री भएकै दिनदेखि सरकारको दिनगन्ती सुरु भइसक्यो



काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिनदेखि नै सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नियुक्त भएको दिनदेखि नै ओली ‘आज हो कि भोलिको’ को तनावमा बस्नुपरेको बताएका हुन् ।

‘केपी ओलीको सरकार बनेको दिनदेखि सुरु भइसकेको छ, उहाँ आजै फाल्छन् कि भोलि नै फाल्छन् भन्ने तनावमा बस्नुभएको छ,’– महासचिव चन्दले भने ।

नेता विप्लवले सबै सिंहदरबार र सत्ताको खेलमा लागेको टिप्पणी गरे । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सत्ता र सिंहदरबारको खेलमा रुमलिएको टिप्पणी गरे ।

नेता विप्लवले युवा विदेश गएर डलर कमाएर सुख पाउने सपना देखेरमात्रै नहुने बताए । उनले चीनबाट बीआरआई प्रोजेक्ट आउँदैमा नेपाल रातारात धनी नहुने बताए । उनले कुनै–कुनै प्रोजेक्ट सित्तैमा दिएपनि लिन नहुने बताए । बीआरआईबारे चीनले जसरी भनेको छ, त्यसरी नै बुझ्नुपर्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्