Logo

नेता शुक्लाको निवासमा अध्यक्ष ठाकुरको लामो भलाकुसारी, तत्काल पार्टी विभाजन नगर्न आग्रह



काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । लोसपाले कांग्रेस एमाले सरकारमा नेता सर्वेन्द्रनाथ शुक्ललाई पठाउने तयारी गरेको थियो । तर, अन्तिममा नाटकीय ढंगले भण्डारीको प्रवेशसँगै सो दल विभाजनको मुखमा पुगेको छ ।

नेता शुक्लाले दल विभाजन गर्नेगरि मुभ गरेपछि अध्यक्ष महन्थ ठाकुर तनावमा छन् । उनी पार्टी विभाजन रोक्नेगरि नेता शुक्लालाई फकाउन सक्रिय छन् । आज (शनिबार) ठाकुरले शुक्लासँग तीन घण्टा लामो छलफल गरेको स्रोतको दाबी छ । शुक्लाको निवासमा भएको भेटमा तत्काल अप्रिय कदम नचाल्नको लागि ठाकुरको आग्रह रहेको थियो ।

भण्डारीलाई एक वर्ष पुगेपछि फिर्ता बोलाउने कुराको आश्वासन ठाकुरबाट भएको छ । तर, शुक्लाले भने आफूनिकट नेताहरुसँगको छलफलबाट आउने निश्कर्षअनुसार नै अघि बढ्ने कुरा अध्यक्ष ठाकुरसमक्ष सुनाएका थिए । लोसपामा चार जना संघीय सांसद छन् । शुक्लाको प्रभाव लुम्बिनी प्रदेशमा बढि छ । file photo



प्रतिक्रिया दिनुहोस्