काठमाडौं, साउन ६ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १७ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ १२ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १७३ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।