काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपाल विश्वमै सत्ता परिवर्तनको ओलम्पिक गेममा पहिलो रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल क्षमताविहीन युवाहरुको निर्माणमा अन्तिमबाट दोस्रोमा रहेको पनि बताए ।
उनले भने,‘त्यतिमात्रै होईन, नेपालमा जन्मिने बच्चाहरु २५ प्रतिशत बच्चाहरु पुड्का र च्याखुरा बच्चा जन्मिन्छन् । यो उपहार हामीले विगतबाट प्राप्त गरेका छौं । यो चूनौतिलाई यो सरकारले सामना गर्नुपर्ने छ । यसका निम्ति हाम्रो समाज कस्तो छ ? हाम्रो समाजमा आशा हराएको छ । विश्वास टुटेको छ । त्यतिमात्रै होईन, केही हुँदैन र केही भएन भन्ने न्यारेटिभ छ । यसलाई पनि यो सरकारले पूरा गर्नुपर्नेछ ।’