Logo

विमान दुर्घटनामा निधन भएकाका आफन्त शव बुझ्न अझै सहमत भएनन्



काठमाडौं, १० साउन । हिजो (बुधबार) काठमाडौं विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएकाको आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन् । आज (बिहीबार) त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उचित क्षतिपूर्ति दिने र शक्तिशाली छानबिन समिति बनाएकोले शव बुझ्न आग्रह गरेका थिए । तर, मृत्तकका आफन्तहरुले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान मन्त्री पाण्डेसामू दोहोर्याए ।

मन्त्री पाण्डेले एयरलाईन्सका व्यवस्थापक र मृत्तकका परिवारसँगै राखेर छलफल गरेका थिए । आजको छलफल निश्कर्षमा नपुगेको बताईएको छ । एयरलाइन्सले मृत्तकका परिवारलाई दिईने रकमबारे स्पष्ट पार्न सकेन । उता, सरकारले पनि छानबिन समितिको प्रतिवेदन कहिलेसम्म सार्वजनिक गर्ने भन्नेबारे यकिन जवाफ दिएन ।



प्रतिक्रिया दिनुहोस्