Logo

प्रधानमन्त्री ओलीको आईटी विज्ञमा असगर अली नियुक्त



काठमाडौं, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सूचना तथा प्रविधि विज्ञमा असगर अलीलाई नियुक्त गरेका छन् । अली यसअघिको ओलीको प्रधानमन्त्रीको कार्यकालमा पनि आइटी विज्ञको जिम्मेवारीमा थिए ।

अली अवैतिकको भूमिकामा रहने जनाईएको छ । प्रधानमन्त्रीको विज्ञ सल्लाहकारको भूमिकामा रहँदापनि राज्यबाट कुनै सेवा तथा सुविधा नलिने बताईएको छ । अलीले गत बिहीबारबाट नै आफ्नो जिम्मेवारी सम्हालेको जनाईएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा अधिकांश पूरानै टिमका सदस्यहरुलाई यसपटकपनि दोहोर्याएका छन् । यसपटक उनले आफ्नो परराष्ट्र मामिला सल्लाहकार भने नियुक्त गर्न ढिलाई गरेका छन् । कतिपयले सो पदमा पनि यसअघिकै भूमिकामा रहेका डा. राजन भट्टराईले मौका पाउने दाबी गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्