Logo

म विजेता भएर निस्किएँ, सरकारमा जानेहरु हारेकोजसरी पसेका छन् : प्रचण्ड



काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई गतिशिल बनाउने उद्घोष गरेका छन् । पार्टी मुख्यालय, पेरिसडाँडामा आज (आइतबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादीलाई नयाँ रुपान्तरणसहित अघि बढाउने घोषणा गरेका हुन् ।

उनले २०८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्नेगरि अघि बढ्नेबारे पार्टीभित्र गम्भीर छलफल चलिरहेको पनि सुनाए । उनले आफू सरकारको नेतृत्बाट विदा हुँदै गर्दा वा सरकार छोड्दै गर्दा विजेताको रुपमा निस्किएको स्मरण गराए । तर, सरकारमा जानेहरु हारेकोजसरी प्रवेश गरेको उनको भनाई छ ।

उनले भने,‘हामी जनतासँग जोडिएका छौं । हामी मुद्दासँग जोडिएका छौं । हामी हाम्रो वर्ग र समूदायसँग जोडिएका छौं । हामी सुशासन र सामाजिक न्यायको पक्षमा अनि आर्थिक विकासको पक्षमा गम्भीर पहल गर्दागर्दै सुशासनकै भय, डरको कारणले भ्रष्टहरु मिले भन्ने कुरा अहिले देशका बच्चाबच्चाले जानकारी पाएको छ । यो हाम्रो निम्ति संगठन विस्तार र सुदृढ गर्ने ठूलो आधार हामीलाई प्राप्त भएको छ । त्यसकारण हामी उत्साहका साथ संगठन निर्माण र सुदृढीकरणको अभियानमा आउँदैछौं ।’ file photo



प्रतिक्रिया दिनुहोस्