Logo

गगनको गर्जन : गिरिबन्धु र भुटानी शरणार्थी प्रकरणमा पनि छानबिन हुन्छ, शक्तिमा बस्दैमा छुट पाउँदैन्



काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसुकै शक्तिशाली व्यक्ति भएपनि जनुसुकै प्रकरणमा पनि छानबिन हुने र दोषीमाथि कारबाही हुने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया पुगेका थापाले त्यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले भने,‘सबै प्रकरणमा छानबिन हुनुुपर्छ । कानूनभन्दा माथि कोही पनि छैन् ।’

पछिल्लो समय कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि कांग्रेसका महामन्त्रीयद्धय थापा र विश्वप्रकाश शर्मामाथि यी प्रकरणमा बोल्न छोडेको र मिडियासँग भाग्दै हिँड्नुपरेको आरोप लाग्न सुरु भएको थियो । यही विषयमा केन्द्रित भएर थापाले जुनसुकै प्रकरणमा पनि छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने आवाज उठाएका हुन् ।

उनले भनेका छन्,‘हामीहरुकोमा कोही सत्तामा भएको कारणले शक्तिशाली भएको हुन्छ, कोही पार्टीको नेता भएको कारणले, कोही भीडको कारणले शक्तिशाली हुन्छन् । हामीले अहिले उठाउनुपर्ने भुटानी शरणार्थी र गिरीबन्धुको कुरा मात्रै होइन । हामी संसद्मा छौं, ढुक्क रहनुस् । नेपालमा जतिसुकै शक्तिशाली होस्, चाहे सरकारमा बसेको कारणले होस् या पार्टीको नेता भएको कारणले होस् वा सामाजिक सञ्जालमा आउने भीडले भगवान भन्दिने कारणले होस्, जोसुकै होस्, शक्तिमा बसेको मान्छेले गल्ती गर्दा छुट पाउँछ भने त्यो लोकतन्त्र होइन ।’ file photo



प्रतिक्रिया दिनुहोस्