Logo

सार्वजनिक लेखा समितिका सभापतिले बिद्युत बक्यौता तिर्न बाँकी व्यापारीसँग रहस्यमय भेट गरेको भन्दै सांसद सापकोटाद्धारा छानबिनको माग



काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद माधवकुमार सापकोटाले किसानले अझैसम्मपनि दूधको मूल्य नपाएकोमा सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले भने,‘दूग्ध किसानको दुधको मूल्य अहिलेसम्म बक्यौता छ । उता, दुग्ध विकास संस्थान करिब विघटनको संघारमा छ । सरकारका कृषिमन्त्री हिजो यहाँ उभिएर बोल्नुभयो तर यसको बारेमा बोल्नुभएन । त्यसैले विषयको गाम्भीर्यतालाई ख्याल गरेर सम्माननीय सभामुखमार्फत सरकारलाई रुलिङ होस भन्ने माग गर्दछु ।’

सो क्रममा सांसद सापकोटाले डेडिकेटेड फिडर र ट्रंक लाईनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै रहेको अवस्थामा सो समितिका सभापति र बक्यौतासमेत तिर्न बाँकी रहेका एक जना व्यापारीबीच रहस्यमय भेट भएको सूचना आएको भन्दै सो सम्बन्धमा छानबिनको माग गरेका छन् । उनले पदीय दुरुपयोगको उक्त घट्नाको गम्भीर छानबिनको माग गरे ।



प्रतिक्रिया दिनुहोस्