Logo

दाईजो प्रथा हटाउने जय साहको उद्घोष, मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बहसको लागि निम्तो



काठमाडौं, १५ साउन । नेपाललाई विश्व गुरू बनाउने अभियानमा सक्रियताका साथ लागिपरेका जय साहले नेपालमा दाइजो प्रथा उन्मुलन गर्नसकिने आफूसँग रोडम्याप भएको दाबी गरेका छन् । विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका साह यतिवेला आफ्नो रिसर्च टिमलाई प्रशिक्षण दिनको लागि नेपालमा छन् ।

उनले नेपालमा दाईजो प्रथाको कारण हरेक वर्ष हजारौंले ज्यान गुमाउनुपरेको भन्दै त्यसलाई रोक्नको लागि आफूसँग भिजन भएको दाबी गरेका छन् । त्यसको लागि उनले मधेश सरकारका मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई छलफल तथा बहसको लागि निम्तो दिएका छन् ।

उनले स्मार्ट करेन्सीको मद्दतले नेपालमा पाँच वर्षभित्र दाईजो प्रथा हटाउन सकिनेदाबी गरेका छन् । दाईजो प्रथा हटाउन सकिए हरेक वर्ष ३० हजार नेपालीको ज्यान बचाउन सकिने उनको दाबी छ । उनले आफ्नो रोडम्याप गलत सावित भए मधेश प्रदेशका अनाथआश्रम र वृदा आश्रमलाई एक करोड तत्काल दान दिनेपनि घोषणा गरेका छन् ।

उनले मधेशका मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई सबैभन्दा जान्ने अर्थशास्त्रीसँग प्रत्यक्ष सम्वादको लागि पनि खुला चूनौति दिएका छन् । उनले रिसर्च सुरु गरि परिवर्तनको लागि अगाडि आउन अपिल गरेका छन् । नभए आगामी २०८४ मा सत्ययुग समाज पार्टीको सरकार बन्नेपनि उनको महत्वकांक्षी घोषणा छ ।



प्रतिक्रिया दिनुहोस्