Logo

आज चारवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई बोलाइयो



काठमाडौं, साउन १६ । सङ्घीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल हुने कार्यसूची छ ।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा नागढुंगा सुरुङ मार्ग र नागढुंगा–मुग्लिङ सडक खण्डका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सिंहदरबार वैद्यखानाको अवलोकन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै अहिले बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्