काठमाडौं, साउन १७ । एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको ५२.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको गत बुधवार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । साथै, सोही बैठकले कम्पनीकोआठौं वार्षिक साधारण सभा आगामी भदौ ११ गते मंगलबार गर्ने निर्णय गरेको छ । सभा एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ् चालक समितिले प्रस्ताव गरे बमोजिमको उक्त नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने छ ।