Logo

केन्द्रीय सदस्य मनोनित गर्न नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै



काठमाडौं, साउन १८। नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने मुख्य एजेण्डा छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा समेत हुने जनाइएको छ ।

बैठकले क्लष्टरका आधारमा प्रस्ताव गरिएका नामलाई केन्द्रीय सदस्यका रुपमा मनोनित गर्ने छ । कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्