Logo

आज तीन वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, साउन १८ । सङ्घीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तरगत अहिले बिहान ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गत आर्थिक वर्ष २०८०(०८१ को वार्षिक प्रतिवेदन माथि छलफल हुने बताइएको छ ।

त्यस्तै, बिहान ११ः३० बजे सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिनेछ ।

दिउँसो १ बजेका लागि बोलाइएको अर्थ समितिमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्