काठमाडौं, साउन १८ । भारत र श्रीलंकाबीचको एक दिवसीय सिरिज आजबाट सुरु हुँदैछ। सिरिजको पहिलो खेल आज दिउँसो २ः४५ बजे श्रीलंकाको कोलम्बु क्रिकेट मैदानमा सुरु हुनेछ।
सिरिज खेल्न रोहित शर्माको कप्तानीमा रहेको भारतीय टिम यसअघि नै कोलम्बु पुगिसेको छ। भारतले एकदिवसीय र टी–२० प्रतिस्पर्धाका लागि फरकफरक कप्तान बनाएको हो।
सूर्यकुमार यादवको कप्तानीमा यसअघि श्रीलंकाविरुद्ध खेलेको टी–२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ। तीन खेलमा तीन जित निकाल्दै भारतले टी–२० सिरिज जितेको हो। साउन २० गते दोस्रो र साउन २३ गते तेस्रो खेल खेलेर सिरिज सकिने छ।