Logo

ओलीलाई बिचौलियाले प्रधानमन्त्री बनाएको वर्षमान पुनको आरोप



काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिचौलियाले प्रधानमन्त्री बनाएको आरोप लगाएका छन् । उनले बिचौलियाले प्रधानमन्त्री र मन्त्रीहरु बनाएको कारण देशमा अब भ्रष्टाचार बढेर जाने दाबी गरे ।

उनले अहिले कांग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएको पनि आरोप लगाए । माओवादी केन्द्रको दोरम्बा शैलुङ गाउँपालिका-काठमाडौं सम्पर्क मञ्चले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले यस्तो आरोप लगाएका हुन् । उनले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरूले राजनीतिक समीकरण फेरेको दाबी गरे ।

उनले माओवादी नेतृत्वको सरकारले देशमा सुशासन कायम गरेको दाबी गरे । उनले भने,‘हाम्रो अध्यक्ष प्रचण्डले डेढ वर्ष सरकारमा रहँदा भ्रष्टाचार, अनियमितता र बिचौलिया प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुभयो । बाहिर आउँदा पनि माओवादीले सरकार चलाउँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्, आफ्नो स्वार्थमा काम नगरेका कारण बिचौलिया र दलाल पुँजीपति वर्गले हामीलाई मन पराएन । थप एक दिन सरकारमा बस्न दिँदा पनि आफ्नो बरबाद हुने भयो भनेर काँग्रेस र एमालेलाई मिलाउने काम उनीहरुले गरे ।’



प्रतिक्रिया दिनुहोस्