Logo

कांग्रेस र एमाले मिलेपछि जनतामा सकारात्मक सन्देश गएको योगेशको दाबी



काठमाडौं, १९ साउन । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि जनतामा सकारात्मक सन्देश प्रवाह भएको दाबी गरेका छन् । उनले देशलाई नयाँ दिशा दिनको लागि नै आफूहरुले कांग्रेससँग सहकार्य गरेको स्पष्ट पारे ।

ताप्लेजुङ पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सांसद भट्टराईले भने,‘अहिले देशका दुई ठूला पार्टी सरकारमा बसिरहेका छौं । मुलुकलाई केही नयाँ दिशा दिन नै हामीले यो प्रयत्न गरेका छौं । देशलाई धेरै प्रयोगशाला नबनाऔं, पटकपटक प्रयोगशाला हुँदै आयो, अब त्यसो नगरौं, दुई पार्टी प्रतिस्पर्धी पनि हौ र इतिहासका निर्माता पनि हौ । इतिहासको कठिन मोडमा देशलाई निकास दिन अग्रसर भएका पार्टी हौं।’

उनले शान्ति प्रक्रिया, संविधान निर्माण, लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरामा कांग्रेस र एमाले एक ठाउँमा उभिएको जिकिर गरे । उनले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई लयमा फर्काउनेपनि विश्वास दिलाए।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्