Logo

कुलमानका दुई खम्बा पुन र आचार्य प्राधिकरणको सञ्चालक समितिबाट हटाईए



काठमाडौं, २० साउन । उर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका सदस्यहरु भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाएको छ । पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विषयमा प्रवन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका थिए ।

उनीहरुलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जिम्मेवारीबाट हटाईएको हो । सरकारले कुलमानलाई नै जिम्मेवारीबाट हटाउनेगरि तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै कुलमानलाई जिम्मेवारीबाट हटाउनेगरि मन्त्री दीपक खड्कालाई निर्देशन दिएको बुझिएको छ ।

विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएको छ । यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत प्रवेश गरेको छ । पछिल्लो समय समितिका सभापति ऋषिकेश पोखरेलले विद्युतको बक्यौता तिर्न बाँकी रहेका व्यापारीसँग भेटेको कुरापनि बाहिर आएको छ । समितिमार्फत कुलमानलाई कारबाही सिफारिश गर्नेगरि कांग्रेस र एमालेले तयारी गरेको चर्चा चल्न थालेको छ । file photo



प्रतिक्रिया दिनुहोस्