Logo

आज गृहमन्त्रीलाई सिमलताल दुर्घटनाको प्रतिवेदन बुझाईंदै



काठमाडौं, साउन २२ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा गएको पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बसबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदैछ।

गृहमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ । गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए।

गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो। दुई बसमा ६५ यात्रु सवार थिए। ती मध्ये ३७ जना अझै बेपत्ता छन्। भारतीय गोताखोरले पनि खोज्दा पनि बेपत्ता दुई बस र ती यात्रुको अवस्था अझै अज्ञात छ।



प्रतिक्रिया दिनुहोस्