काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सार्वजनिक कार्यक्रममा त्यति देखिएका छैनन् । दक्षिण कोरियाको छोटो भ्रमण सकाएर स्वदेश फर्किएपछि थापा सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
तर, आज उनी पार्टी मुख्यालय सानेपामा रहेको पुस्ताकालयमा व्यस्त देखिए । गगनकै सक्रियतामा निर्माण गरिएको लाईब्रेरीमा आज प्राध्यापक कृष्ण खनाल अतिथिको रुपमा थिए । उनले नै लेखेको पुस्तक ‘बिपी कोइराला : चेतना, चिन्तन र राजनीति’ बारे छलफल भएको थियो ।
थापाले सो छलफलबारे जानकारी दिँदै फेशबुकमा लेखेका छन–
नेपाली काँग्रेस पार्टीले पठन संस्कृतिको पुनः स्थापना गर्ने प्रयास स्वरूप लाइब्रेरीको स्थापना गरेको छ। आज, प्राध्यापक कृष्ण खनालको पुस्तक ुबिपी कोइरालास् चेतना, चिन्तन र राजनीतिु मा नेपाली काँग्रेसका साथीहरूले गहन छलफल र बहस गरे। आगामी दिनहरूमा, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न विषयहरूमा पनि यस्ता छलफलहरू आयोजना गरिनेछन्। यसले हाम्रो बहसलाई थप सूचित र सशक्त बनाउने विश्वास छ।