Logo

सरकारबाट बाहिरिएपछि प्रचण्ड पहिलोपटक ओली र देउवासँगै देखिए



काठमाडौं, २३ साउन । सरकारबाट बाहिरिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग सँगै देखिएका छन् ।

शान्ति प्रक्रिया टुँगो लगाउन गठित टिआरसीसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने क्रममा शीर्ष नेताहरु आज एक ठाउँमा जम्मा भएका हुन् । कार्यदलका संयोजक गृहमन्त्री रमेश लेखकले कार्यदलमा सहमति भएको प्रतिवेदन आज शीर्ष नेताहरुलाई बुझाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्