Logo

बङ्गलादेशमा रहेका नेपाली‍को सुरक्षा प्रबन्ध मिलाउन शेखर कोइरालाको आग्रह



काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बङ्गलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित नेपाल ल्याउन पनि सरकारलाई आग्रह गरेका हुन् ।

उनले बङ्गलादेशमा राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न समेत सबैमा आग्रह गरेका छन्। यस्तै जतिसक्दो छिटो लोकतान्त्रिक विधि शुरु हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरुले सुरु गरेको सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग चर्किदै गएपछि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री सेख हसिनाले राजिनामा दिएर देश छोडिसकेकी छन् ।

शेख हसिनाको सत्ता पतन भएपछि त्यहाँ नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उपचारका लागि फ्रान्समा रहेका युनुस स्वदेश फर्केसँगै मङ्गलबार राति उनी बङ्गलादेशको प्रमुखमा नियुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्