काठमाडौं, साउन २५। कोशी र कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा बिदा दिएको हो भने कर्णाली प्रदेशले भने नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
त्यस्तै, कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचना जारी गरेको छ ।