Logo

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, सिमलताल दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्षमाथी छलफल हुँदै



काठमाडौं, साउन २७ । संघीय संसद्अन्तर्ग आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्र्तगत अहिले बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका बारेमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बाढी, पहिरोलगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारवाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाबारे छलफल हुनेछ ।

दिउँसो २ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुँदैछ ।

त्यसैगरी, दिउँसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रिय सभा सचिवसँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्