Logo

प्रचण्डले नै आफूविरुद्ध पार्टी फुटाउँदैछ भनेर हल्ला फैलाएको जनार्दन शर्माको दाबी



काठमाडौं, २७ साउन । नेका (माआोवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालबाटै आफूविरुद्ध पार्टी विभाजनको हल्ला चलाईएको खुलासा गरेका छन् ।

स्थायी कमिटी बैठकमा पेश गरिएको प्रस्तावमा शर्माले भनेका छन्–‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तिव्रता दिईयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरि पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिरउन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो । देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।’

उनले आफूले नेतृत्वविरुद्ध केही प्रश्न गरेकै कारण यस्तो अफवाह फैलाईएको दाबी गरेका छन् । उनले भनेका छन्–‘मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरु छन् । ती प्रश्नहरुको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पँक्तिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ । स–साना अन्तरविरोध समाधान गर्न झन ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ ।’

पार्टी विभाजनबारे चलाईएको हल्लाबारे यस्तो छ शर्माको धारणा :



प्रतिक्रिया दिनुहोस्