काठमाडौं, २७ सााउन । नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत सरकारको सहयोगमा निर्माण गरिएको भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका छन् ।
दुई दिने नेपाल भ्रमणको लागि आजमात्रै काठमाडौं ओर्लिएका विदेश सचिव मिश्रीले सो भवनको नेपाल सरकार सहरी विकास मन्त्रालयका सचिव ई. मणिराम गेलालको उपस्थितिमा संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो भवन भारत सरकारको अनुदानमा निर्माण गरिएको हो । २०७२ को महाभूकम्पले क्षति भएको उक्त भवन भारत सरकारले भूकम्पपछिको पूननिर्माणमा सघाउने कार्यक्रमअन्तर्गत निर्माण गरेको हो ।