काठमाडौं, साउन २८ । भारतका विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरमा दर्शन पुजन गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका विदेश सचिव मिस्रीले आज विहान पशुपतिनाथको दर्शन गरेका हुन ।
मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन् । मिस्रीलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले मन्दिर परिसरमा स्वागत गरेका थिए ।
फोटो मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल