काठमाडौं, साउन ३०। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ८ सय पुगेको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ५ रुपैयाँ बढेको १७३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।