Logo

नेताहरुकै कारण नेपाल विदेशी शक्ति राष्ट्रको प्ले-ग्राउण्ड बन्यो : अमरेशकुमार सिंह



काठमाडौं, ३० साउन । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले शान्ति प्रक्रिया टुँगो लगाउनेगरि टिआरसी विद्येयक ढिलै भएपनि आएकोमा खुशी व्यक्त गरेका छन् । आज (बुधबार) टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिने क्रममा सांसद सिंहले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालिन विद्रोह पक्षका नेता पुष्पकमल दाहाललाई धन्यवादको पात्र भएको भन्दै बधाई दिए ।

उनले २०६२/०६३ कै जनआन्दोलनको कारण आज संसद्मा नयाँ अनुहार आएको बताए । तर, शान्तिको साथसाथै देशमा विकृतिपनि आएको उनको टिप्पणी छ । उनले नेपाल आज विश्वकै भ्रष्ट मुलुकमध्ये परेको भन्दै अहिले देशमा लेजिमेटेसी नभएको दाबी गरे । नेपालका नेताहरुकै कारण देश विदेशी शक्ति राष्ट्रहरुको खेल मैदान बनेको गम्भीर आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्