Logo

संसदीय विशेष समितिले आज पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग बयान लिँदै



काठमाडौं, साउन ३२ । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग बयान लिँदै छ ।

बिहीबार नै बयान लिए भनिए पनि ढिला सहभागी भएकाले आज मात्रै बयान लिने क्रम सुरु गरिने समितिका एक सदस्यले बताए । सुप्रिम सहकारीमा कोषाध्यक्ष रहेका दीपेश करिब १० हजार बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ हिनामिनामा जोडिएको भन्दै गत चैत २ गते पक्राउ परी धरौटीमा छुटेका थिए।

आज बिहान ११ बजे बस्ने समितिको बैठकमा सनराइज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक नगेन्द्र बहादुर रिमाललाई जेलबाट झिकाएर बयान लिँइदैछ। त्यस्तै धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका संचालक मान विश्वकर्मासँग पनि आजै बयान लिने समितिको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्