Logo

म र कमरेड प्रभाकर बेला बेलामा अगुल्टो ठोस्सिएझैं ठोसिने गरेका छौं : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले पार्टीका उपमहासचिव जनार्दन शर्मासँग लामो समयदेखि संगत गरेको भन्दै दुवै नेताको स्वभावक कहिलेकाहीँ अगुल्टो ठोस्सिएझैं ठोसिने गरेको स्पष्ट पारेका छन् ।

रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘कमरेड प्रभाकरसँग मेरो सम्बन्धको कुरा गर्दा उहाँसँग भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ण रुपले सँगै छौं । काम गर्दै आएका छौं । उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा सिँगै देशले बुझेकै कुरा छ । त्यो स्वभावका कारण हामी बेला बेलामा अगुल्टो ठोस्सिएझैं ठोस्सिने गरेका छौं । अहिलेमात्रै होईन, जनयुद्धकालमा पनि र जनयुद्धपछि पनि अनि अहिलेपनि । तर, यो अगुल्टो ठोस्सिएजस्तो ठोस्निु आगो बाल्नको लागि खाना पकाउनको लागि र राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ । यो विवाद र बहसले अझ पार्टीलाई एकताबद्ध गर्न र अझ उहाँ र मेराबीचमा हुने बेला बेलामा हुने आशंकाहरु दूर गर्न र आफ्नो समझदारीलाई मजबुद गर्न मद्दत गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्