Logo

संसदीय विशेष समितिले आज पाँच वटा सहकारी सञ्चालकको बयान लिँदै



काठमाडौं, भदौ २ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पाँच वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिँदैछ । अहिले बिहान ११ बजे बस्ने समितिको बैठकमा आज
केहीलाई भने जेलबाट झिकाएर बयान लिन लागिएको हो ।

समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ। यसअघि बसकेको बैठकले धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा ज्येष्ठ सहकारी संस्था लिमिटेड न्यूरोडका सञ्चालक मधुसुदन पाठक र कुमारी सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग बयान लिएको थियो ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशीको भदो ७ गते गते बयान लिने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्