Logo

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बस्दै



काठमाडौं, भदौ ५। नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदै छ । अहिले बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा साउन ३१ गते सम्पन्न स्थायी समितिको निर्णय र प्रस्तावमाथि छलफल हुँदैछ ।

बिहीबारसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुँदैछन् । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बोलाएको थियो ।



प्रतिक्रिया दिनुहोस्