काठमाडौं, भदौ ६ । अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुने महिला टी ट्वान्टी विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ ।
असुरक्षा लगायतको कारण देखाउँदै बङ्गलादेशबाट विश्वकप यूएई सारिएको हो । अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायत लगायत देशले आफ्ना नागरिकलाई बङ्गलादेश जान रोक लगाएपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो । आयोजक बङ्गलादेश भने नै रहनेछ ।